२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

विराट काेहलीले दिए भारतीय टेस्ट कप्तानबाट राजीनामा

- विशेष खबर शनिबार ०१, माघ २०७८ ०९:०२

विराट काेहलीले दिए भारतीय टेस्ट कप्तानबाट राजीनामा

काठमाडाैं । विराट कोहलीले तत्काल लागू हुने गरी भारतको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा तेस्रो टेस्टमा शुक्रबार ७ विकेटले पराजित भएर शृंखला गुमाएको भोलिपल्टै कोहलीको यो निर्णय आएको हो । उनले शनिबार विज्ञप्ति जारी गर्दै राजीनामा बारे जानकारी दिएका हुन् ।

विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिएका छन् । साथै टोलीका सबै खेलाडीलाई उनले धन्यवाद दिएका छन् । उनले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । 'टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु,' विराटले विज्ञप्तिमा भनेका छन् ।

उनले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गरेका छन् । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् । आफूलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उनले धन्यवाद दिएका थिए । विराटलाई यसअघि दक्षिण अफ्रिका सिरिजअघि नै वान डे कप्तानबाट हटाइएको थियो ।


प्रतिकृया दिनुहोस