२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

- विशेष खबर बिहिबार २२, पुष २०७८ ०२:४४

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ । जनवरी १० र ११ तारिख(पुस २६ र २७गते)गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो ।

सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन् । गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो ।

 


#शेरबहादुर देउवा # भारत भ्रमण # भारत भ्रमण

प्रतिकृया दिनुहोस