२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

माओवादी अध्यक्षमा दाहाल निर्वाचित, पुस २५ को बैठकले पदाधिकारी टुंगो लगाउने

- विशेष खबर सोमबार १९, पुष २०७८ ०६:०५

माओवादी अध्यक्षमा दाहाल निर्वाचित, पुस २५ को बैठकले पदाधिकारी टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन् । सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए । नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए । यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक पुष्पकमल दाहाललाई अध्यक्षमा चयन गर्दै स्थगित भएको छ ।

अर्को बैठक पुस २५ गते बस्ने बताइएको छ । माओवादी केन्द्रको आइतबार ८ औं महाधिवेशनले केन्द्रीय समितिको चयन गरेको थियो । सोमबारको बैठकबाट अध्यक्षमा दाहाल चयन भए पनि पदाधिकारीहरूको भने टुंगो लागेको छैन ।

बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो २५ गतेको बैठकले लगाउने कृष्णबहादुर महराले जानकारी दिएका छन् । सोमबार नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाल सर्वसम्मतबाट चयन भएका हुन् ।

यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् । उनले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई महत्वपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी आएको प्रतिक्रिया दिएका थिए ।


#नेकपा माओवादी केन्द्र #पुष्पकमल दाहाल

प्रतिकृया दिनुहोस