२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो, प्रतिनिधि आक्रोशित

- विशेष खबर सोमबार २७, मङि्सर २०७८ ०६:५५

कांग्रेस महाधिवेशन : मतपत्र सकिएर मतदान रोकियो, प्रतिनिधि आक्रोशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदान भइरहेको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतपत्र सकिएर मतदान रोकिएको छ ।

मतदानस्थलमा राखिएको मतपत्र सकिएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु मतपत्रको प्रतीक्षामा लाइनमा बसिरहेका छन् । राष्ट्रियसभागृहमा मतपत्र नभएर मतदान रोकिएको विहानदेखि यो तेस्रो पटक हो ।

बिहानदेखि लाइनमा बसेका कांग्रेस प्रतिनिधिहरू मतदानको पालो नआएपछि आक्रोसित बनेका छन् । केन्द्रीय निर्वाचन समितिले विहान ८ बजेदेखि मतदान गर्ने समय तोकेको थियो । महाधिवेशन प्रतिनिधिहरू बिहान ७ बजेनै प्रदर्शनी मार्ग पुगेर लाइन लागेका थिए । तर, समितिले बेलैमा मतपत्रकै व्यवस्थापन समेत गर्न सकेन ।

मतपत्र नआउँदा करिब साढे तीन घण्टा ढिलो गरेर मतदान सुरु भएको थियो । निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले मतपत्र छपाईमै ढिला हुँदा मतदान प्रभावित हुन पुगेको बताए । ‘मतपत्र छाप्नुपर्‍यो, सिरियल नम्बर राखेर हस्ताक्षर गर्नुपर्‍यो,’ उनले भने, ‘त्यहीकारण मतदान केन्द्रसम्म मतपत्र पुग्न केही ढिला भयो ।’

मतदान गर्न धेरै समय लागेकाले पनि समस्या भएको उनले बताए । ‘एक व्यक्तिले १३४ पदमा मत खसाल्नुपर्छ । छुट्टा–छुट्टै २९ मतपत्रमा मतदान गर्नुपर्छ,’ उनले भने, ‘जसकारण केही ढिला भइरहेको छ ।’

एक व्यक्तिलाई मतदान गर्नै एक घण्टासम्म लागेपछि कार्यकर्ताहरू निर्वाचन समितिको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आक्रोसित बनेका छन् । बिहान जोस् जाँगर सहित मैदानमा उत्रिएका उम्मेदवारमात्रै होइन, उनका प्रचारमा खटिएका कार्यकर्तासमेत थाकेका छन् । लाइनमा उभिँदा उभिदै ढल्ने अवस्था आएको भन्दै महाधिवेशन प्रतिनिधिहरू लाइन छाडेर हिड्न थालेका छन् ।


#नेपाली काँँग्रेस #महाधिवेशन

प्रतिकृया दिनुहोस