२०८१ बैशाख ०४ गते मङ्गलबार | 16 April, 2024

पुबुदु दसानायके राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

- विशेष खबर शनिबार २५, मङि्सर २०७८ १०:५५

पुबुदु दसानायके राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले पुबुदु दसानायकेलाई राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । शनिबार बिहान बसेको बोर्ड बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानले जनाएको छ ।

पुबुदु यसअघि पनि ४ वर्ष नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । जुन नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो उपलब्धि थियो। नेपालको प्रशिक्षकका रूपमा काठमाडौंमा भएको एसीसी ट्वान्टी–२० कप दसानायकेको पहिलो आधिकारिक प्रतियोगिता थियो।

अस्ट्रेलियाका डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षक खोजिएको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाले आवेदन दिए पनि सर्टलिस्टमा १५ जनालाई छनोट गरी अन्तिम चरणमा ५ जनाको अन्तर्वार्ता लिइएको थियो । यसपटक पुबुदुसँगै भारतीय प्रशिक्षक मोन्टी देसाई पनि प्रतिस्पर्धामा थिए ।


#नेपाल क्रिकेट संघ #पुबुदु दसानायके

प्रतिकृया दिनुहोस