२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी

आइतबार १२, मङि्सर २०७८ ०९:५२

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित दर्ज गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

पुलिसका लागि सुमन लामाले निर्णायक गोल गरे । उनले खेलको ७०औँ मिनेटमा रवि पासवानको पासमा उत्कृष्ट गोल गरेका थिए ।

लिगमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे न्युरोड टिम (एनआटी) र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तथा दोस्रो खेलमा दिउँसो पौने पाँच बजे मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  


प्रतिकृया दिनुहोस