२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

एमालेकाे दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेपछि सुरु हुने

- विशेष खबर आइतबार १२, मङि्सर २०७८ ०५:१८

एमालेकाे दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेपछि सुरु हुने

काठमाडौं । नेकपा (एमाले)को १० औँ महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम आइतबार साँझ ७ बजेपछि मात्रै सुरु हुने भएको छ । 

आइतबार बिहान १० बजेदेखि दोस्रो दिनको बन्दसत्रको कार्यक्रम सुरु हुने तय भएकोमा नेतृत्वका लागि सहमति जुट्न नसक्दा साढे ६ घण्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन ।

महाधिवेशनको बन्दसत्रको दोस्रो दिनको कार्यक्रम साँझको खानपछि सुरु हुने जानकारी प्राप्त भएको प्रतिनिधि तथा नेताहरूले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली भने पार्टीभित्र सहमति जुटाउनका लागि निरन्तर छलफलमा छन् ।


#नेकपा (एमाले) #महाधिवेशन

प्रतिकृया दिनुहोस