२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

महिला टी-२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

- विशेष खबर शुक्रबार १०, मङि्सर २०७८ ०५:०१

महिला टी-२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई समान अंक भएपनि नेट रनरेटमा अघि रहँदै नेपाल शीर्ष स्थानमा उक्लेको हो। युएईले आजै कुवेतसँग खेल्दैछ ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको लागी सीता राना मगरले ३०, कप्तान रुबिना क्षेत्रीले २० र कविता कुँवरले १० रन बनाए । सरिता मगरले अवपजित १५ रन जोडिन्। नेपालका ३ खेलाडी रनआउटको शिकार हुँदा मलेसियाका अईसा एलिसाले १ विकेट लिइन् ।

त्यसअघि नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएकाे थियो।

मलेसियाका लागि एल्सा हन्टरले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन्। नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

नेपालले अब युएईसँग खेल्न बाँकी छ । पहिलो खेलमै हङकङसँग पराजित भएको नेपालले त्यसयता भुटान र कुवेतलाई सहजै पराजित गरेको थियो।


#आईसीसी महिला टी २० विश्वकप #नेपाल #मलेसिया

प्रतिकृया दिनुहोस