२०८१ बैशाख ०५ गते बुधबार | 17 April, 2024

१४ औं महाधिवेशनका १४ एजेण्डा सार्वजनिक गर्दै महरले थाले चुनावी अभियान

- विशेष खबर मङ्गलबार ०७, मङि्सर २०७८ ०९:३९

१४ औं महाधिवेशनका १४ एजेण्डा सार्वजनिक गर्दै महरले थाले चुनावी अभियान

डडेल्धुरा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष नैनसिंह महरले नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि १४ एजेण्डा सार्वजनिक गरेका छन् ।

गृह जिल्ला डडेल्धुरामा पत्रकार सम्मेलनमार्फत आफ्ना १४ एजेण्डा सार्वजनिक गर्दै नेता महरले चुनावी अभियान थालेका हुन् । डडेल्धुरामा जिल्ला अधिवेशन सकिए लगत्तै पत्रकार सम्मेलन गरेका महरले केन्द्रीय पदाधिकारी वा सदस्यमध्ये अवस्था हरेर उम्मेदवारी दिने संकेत गरे । पत्रकार सम्मेलनमा घुमाउँरो पारामा दाबी पेश गर्दै महरले केन्द्रीय समितिमा प्रवेशका लागि उम्मेदावारी दिने बताए ।

महरले पार्टीको सांगठनिक सुधार र नेतृत्व विकासका लागि एक व्यक्ति एक पद दुई पटक मात्रको प्रस्ताव अगाडि सारेका छन् । पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्क र रुपान्तरणका लागि युवा काँग्रेसको स्थापना महरको १४ एजेण्डामा समावेश छ । यस्तै, नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै पेस हुनुपर्ने उनको एजेण्डा छ ।

लामो समयदेखि निशुल्क र गुणस्तरिय शिक्षा स्वास्थ्यको वकालत गर्दै आएका महरले १४ औं महाधिवेशनको एजेण्डामा पनि यसलाइ दोहोर्याएका छन् । उनले निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार भन्ने एजेण्डा तय गरेका छन् ।

महरका १४ एजेण्डा

१ ) एक व्यक्ति एक पद दुई पटक मात्र

२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता

३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना

४) बिपी विचारको समय सापेक्ष कार्यान्वयन

५) व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता

६) रुपान्तरणका लागि युवा काँग्रेसको स्थापना

७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै

८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुसल व्यवस्थापन

९) योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान

१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

११) लगानी मैत्री वातावरण, उद्यमशिलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार

१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता

१४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति को हुन् महर नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालिसकेका महर प्रखरवक्त्ताका रुपमा चिनिन्छन् । बिभिन्न पुस्तक लेखन र सम्पादनको अनुभव रहेका महर बौद्धिक नेताका रुपमा चिनिन्छन् । लामो समयदेखि नेपाली कांग्रेसको महाधिवेशन र महासमिति सदस्य रहँदै आएका महर महर विसं. २०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भएका थिए । २०५६ मा जिल्ला अध्यक्ष र ०५४ मा पार्टीको डडेल्धुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

२०५७ मा नेविसंघको केन्द्रीय सदस्य बनेका महर ०६४ मा उपाध्यक्ष निर्वाचत भए । २०७३ सालको ११ औं महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भएका थिए । त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) गरेका महरले पार्टीमा जुझारु युवा नेताको छवि बनाएका छन् ।

 


प्रतिकृया दिनुहोस