२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

टी-२० विश्वकप : पाकिस्तान समूह विजेता हुँदै सेमिफाइनल प्रवेश

- विशेष खबर सोमबार २२, कार्तिक २०७८ ०८:३३

टी-२० विश्वकप : पाकिस्तान समूह विजेता हुँदै सेमिफाइनल प्रवेश

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।

स्कटल्याण्डका रिचाइ बिरिङटनले ५४ रन बनाए भने जियोर्ग मुन्सीले १७, मिचेलले १४, कायल क्विटजरले ९, म्याथ्यु क्रसले ५, क्रिस ग्रिभ्सले ४ र मार्क वाट्ले २ रन जोडे । पाकिस्तानका शडाब खानले दुई तथा शाहीन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले क्याप्टेन बाबरको ६६ रन र शोयब मलिकको ५४ रन मद्दतमा १८९ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिसजले ३१, मोहम्मद रिजवानले १५, फकहर जमानले ८ र यासिफ अलिले ५ रनको योगदान गरेका गरेका थिए । स्कटल्याण्डका क्रिसले दुई, सफियान र हजाम तहिरले एक/एक विकेट लिएका थिए ।

पाकिस्तानसँगै यो समूहबाट न्युजिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्युजिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

 

 


#विश्वकप क्रिकेट

प्रतिकृया दिनुहोस