२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

बुधबार १३, असोज २०७८ ०९:५५

प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संघीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

उनले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए । संघीय संसद्को चालु अधिवेशनमा नेकपा एमालेले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । 


प्रतिकृया दिनुहोस