२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

आइतबारदेखि विद्यालय खोल्न दिने काठमाडाैं महानगरकाे निर्णय

- विशेष खबर बिहिबार ०७, असोज २०७८ ०५:४१

आइतबारदेखि विद्यालय खोल्न दिने काठमाडाैं महानगरकाे निर्णय

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ। आउँदो आइतबारदेखि काठमाडौंमा विद्यालयहरू खोल्न पाउने निर्णय भएको महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले बताए। बुधबार बसेको बैठकले विद्यालय खोल्न पाउने निर्णय गरेको हो। 

'आइतबारदेखि विद्यालयहरू खोल्न दिने निर्णय भएको छ,' उनले भने,'त्यसको लागि २७ वटा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।'  त्यही अनुसार विद्यालयले अभिभावकको अनुमति लिनुपर्ने भएको हो।

विद्यालय प्रशासनले शिक्षक,अभिभावक, विद्यार्थी प्रतिनिधी, व्यवस्थापन समिति लगायत सरोकारवालाहरूसँग छलफल गरेरमात्रै खोल्नुपर्ने उनले बताए। यद्यपी विद्यार्थीहरू नपठाउने भनेमा अनिवार्य नगरिने उनले बताए। 

'हामी पठाउँछौं भनेर सबैको समझदारी भएमा मात्रै विद्यालय खोल्न पाइने भनेका छौं। यदि कसैले हामी विद्यार्थी पठाउँदैनौं भन्यो भने खोल्न पाइन्न,' उनले भने। 

साथै सबैले अनिवार्य रूपमा स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्ने लगायतका २७ वटा मापदण्ड तयार गरेको छ।

दसैं नजिकिएको हुँदा विद्यालय केही समय खुलेर फेरि बन्द हुनेछ।


# काठमाडौं महानगरपालिका #विद्यालय

प्रतिकृया दिनुहोस