२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

एमालेकाे दशौं महाधिवेशन मंसिरमा

- विशेष खबर मङ्गलबार ०८, भदौ २०७८ ०७:२७

एमालेकाे दशौं महाधिवेशन मंसिरमा
नेकपा एमालेको मगंलबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकपछि नेताहरू । तस्बिरः रासस

काठमाडौं ।  नेकपा एमालेले दशौं केन्द्रीय महाधिवेशन आउँदो मंसिर १० देखि १२ सम्म हुने भएको छ । त्यस्तै विधान महाधिवेशन असोज ४ देखि ६ सम्म हुनेछ ।

यससंगै एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ ।

पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति कार्यान्वयनका लागि  ६ सदस्यीय कार्यादल पनि गठन गरेको छ ।

कार्यादलमा  उपाध्यक्ष भीम रावल, महासचिव  ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ र लेखराज भट्ट छन् ।

माधव नेपालसँग विभाजनको प्रक्रियामा नजोडिएका नेतासहित बसेको बैठकले पार्टीका महाधिवेशनको मिति समेत तय गरेको छ ।


#नेकपा एमाले

प्रतिकृया दिनुहोस