२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

तीन महिना सर्‍यो कांग्रेस महाधिवेशन, हेर्नुहाेस् कार्यतालिका

- विशेष खबर शनिबार ३०, साउन २०७८ ०७:३६

तीन महिना सर्‍यो कांग्रेस महाधिवेशन, हेर्नुहाेस् कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तीन महिना सरेकाे  छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

संविधानको धारा २६९ (४) (ख) अनुसार, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।

कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।

यस्तो छ प्रस्तावित कार्यतालिका

  • गाउँ, नगर वडा अधिवेशन (२०७८ भदौ १८ गते)
  • गाउँ, नगरपालिका अधिवेशन (२०७८ भदौ २७ गते)
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (२०७८ असोज १ गते)
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज ५ गते)
  • एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन (२०७८ असोज १० गते)
  • प्रदेश अधिवेशन (कात्तिक १०, ११ र १२ गते)
  • केन्द्रीय महाधिवशेन (२०७८ मंसिर ९, १०, ११ र १२ गते)

#नेपाली काँँग्रेस #महाधिवेशन

प्रतिकृया दिनुहोस