२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

असोज ९ देखि ईपीएल सुरू हुने

- विशेष खबर सोमबार २५, साउन २०७८ ०६:१६

असोज ९ देखि ईपीएल सुरू  हुने

काठमाडौं। एभरेस्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असोज ९ गतेदेखि १४ दिन प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।

प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइजहरु रहेका छन् । टोलीहरुको नाम विराटनगर वारियर्स १९ पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स रहेका छन् ।

यसपटक शाहिद अफ्रिदी पाकिस्तान, शोएब मलिक, कार्लोस ब्रेथवेट जस्ता स्टार खेलाडीहरुको समेत प्रतियोगितामा प्रदर्शन हेर्न पाइने छ ।


#एभरेस्ट प्रिमियर लिग #काठमाडौं

प्रतिकृया दिनुहोस