२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

सरकारले सार्वजनिक गरेकाे साझा न्यूनतम कार्यक्रममा के छ ? [हेर्नुहाेस् पुर्णपाठ]

- विशेष खबर आइतबार २४, साउन २०७८ ०६:५५

सरकारले सार्वजनिक गरेकाे साझा न्यूनतम कार्यक्रममा के छ ?  [हेर्नुहाेस् पुर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले कार्यदलको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

साझा न्यूनतम कार्यक्रममा सरकारले भूमिहीनलाई भूमि दिने भएको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले सार्जनिक गरेको साझा न्यूनतम कार्यक्रम र कार्यविधिमा भूमिहीनलाई भूमि दिने उल्लेख गरिएको छ ।

साझा न्यूनतम कार्यक्रममा भनिएको छ, 'संविधानको भावनाअनुसार भूमिहीनलाई भूमि दिने । मुक्त कमैया, हलिया, बाँधा र भूमिहीन किसानका लागि आर्थिक उत्थान र बसोबासको व्यवस्था गर्ने ।'

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज गरेकोमा सरकारको आलोचना भइरहेको बेला सरकारले भूमिहीन र सुकुम्बासीलाई भूमि दिने कार्यक्रम ल्याएको हो ।

त्यस्तै, डिजिटल प्रविधिमा आधारित विपद्‌ पूर्वसतर्कता प्रणाली लागू गर्ने र बस्ती स्थानान्तरण र एकीकृत बस्ती निर्माण थाल्ने पनि साझा कार्यक्रममा उल्लेख छ ।

साझा न्यूनतम कार्यक्रमकाे पुर्णपाठ हेर्न तलकाे लिङ्क खाेल्नुहाेस्

साझा न्यूनतम कार्यक्रमकाे पुर्णपाठ


#प्रधानमन्त्री #शेरबहादुर देउवा #साझा न्यूनतम कार्यक्रम

प्रतिकृया दिनुहोस