२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

पारस खड्काकाे सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नहुने

- विशेष खबर आइतबार २४, साउन २०७८ ०५:०६

पारस खड्काकाे सम्मानमा ७७ नम्बरको जर्सी प्रयोग नहुने

काठमाडौं । पूर्वकप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी नेपालले अब प्रयोग नगर्ने भएको छ । १७ वर्ष नेपाली राष्ट्रिय टोलीबाट खेलेका नेपालका सर्वाधिक सफल क्रिकेटर पारसले मंगलबार ३३ वर्षको उमेरमा संन्यासको घोषणा गरेका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा उनले लगाउँदै आएको ७७ नम्बर जर्सी कहिल्यै प्रयोग नगर्ने जनाएको हो । पारस सन् २००४ मा मलेसियाविरुद्ध अन्तरमहादेशीय कप तीन दिवसीय प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका थिए ।

सन् २००८ देखि ५० ओभरको खेलमा नेपालले कलर पोसाक लगाउँदै आएको थियो । त्यसयता पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । कात्तिक ७ गते जन्मिएकाले पारसले ७ महिना ७ गतेको आधारमा ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए ।

उनकै कप्तानीमा नेपालले ट्वान्टी–२० विश्वकप खेल्नुका साथै एक दिवसीय मान्यता पाएको थियो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय, एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।


#पारस खड्का #नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस