२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

एमबाप्पेको मूल्य तीन सय मिलियन युरो, रियल मड्रिड जाने हल्ला

बिहिबार ११, बैशाख २०७७ ०१:२८

एमबाप्पेको मूल्य तीन सय मिलियन युरो, रियल मड्रिड जाने हल्ला

एजेन्सी । ला लिगा क्लबका लागि नियमित काम गर्ने एक एजेन्टले फुटबल स्टार युवा खेलाडी केलियन एमबाप्पेको मूल्य तोकेका छन् ।

उनले एमबाप्पेको मूल्य तीन सय युरो तोक्दै सम्भवतः यो वर्ष रियल मड्रिडमा सहभागी हुने आशा रहेको बताएका छन् ।   २०१८ मा मोनाकोबाट पूर्ण रूपमा पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका एमबाप्पे हाल स्पेनिस क्लब रियल मड्रिड जान सक्ने हल्ला चलेको छ । सुरुमा लोनमा अनुबन्ध गरिएको एमबाप्पेलाई पीएसजीले २०१८ मा १८० मिलियन युरो तिर्दै क्लबमा हस्ताक्षर गरेको थियो । उनको सम्झौता क्लबसँग २०२२ सम्मका लागि छ । 

पीएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट ब्राजिलियन स्ट्राइकर नेयमारलाई २२२ मिलियन युरोमा अनुबन्ध गरेपछि एमबाप्पे विश्वका सर्वाधिक मूल्यवान खेलाडीको दोस्रो सथानमा थिए । २१ वर्षीय एमबाप्पेलाई रियल म्याड्रिडले अर्को ट्रान्फर विन्डोजमा आफ्नो प्रमुख स्थानान्तरण लक्ष्य बनाएको छ । तर, पीएसजीले उनलाई लामो समय क्लबमै राख्न चाहेको बताइएको छ । 

 


#फुटबल

प्रतिकृया दिनुहोस