२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

माओवादीले स्थायी कमिटी दिउँसाे बस्दै, थप मन्त्रीबारे छलफल हुने

बुधबार ०६, साउन २०७८ ०८:१३

माओवादीले स्थायी कमिटी दिउँसाे बस्दै, थप मन्त्रीबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने, संगठनात्मक विषयमा निर्णय लिन र सरकारलाई प्रभावकारी रुपमा लैजाने भन्दै माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गरेका हुन् । 

प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट पठाउने नामबारे छलफलका लागि दाहालले बैठक आह्वान गरेको हाे ।

पाँच सदस्यीय मन्त्रिपरिषद्लाई तत्काल विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना भए पनि सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबन्डा मिलेको छैन । दलहरुभित्रै पनि आकांक्षी धेरै रहेकाले शीर्ष नेता दबाबमा छन् ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । अर्को दिन असार २९ मा प्रधानमन्त्रीसँगै कांग्रेस र माओवादीका दुई–दुई सांसदले शपथ लिएका छन् ।


प्रतिकृया दिनुहोस