२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

‘आमा’

नरेश अवस्थी 'अल्पविराम' बिहिबार ११, बैशाख २०७७ १०:२८

‘आमा’

जसले नौ महिना आफ्नो गर्भमा राखेर हजारौं दुःख, कष्ट सहेर सन्तानलाई जन्म दिन्छिन् तिनै हुन आमा । यो शब्द आफैमा महान छ । न त शब्दको उचाई छुन सकिन्छ । न लम्बाई नाप्न सकिन्छ र न गहिराई नै देख्न सकिन्छ । अनि म कसरी गरौं त ती आमाको व्याख्या ?  

आमा शब्दको व्याख्या अरु शब्दबाट हुनै सक्दैन । आमा शब्द आफैँमा सर्वोपरी छ । त्यहाँ अरु शब्दको आवश्यकता नै पर्दैन । त्यसैले ‘आमा’को माया धेरै माथि छ । अनि त्यति दुःख सहेर जन्म दिए पनि छोरा हुँदा सारा दुनियाँ खुसी अनि भोजभतेर हुन्छ तर त्यति नै दुःख सहेर छोरी हुँदा पुरै परिवार र समाजमा किन भेदभाव हुन्छ ? यही जवाफका लागि म धेरै भैतारिए । तर, जवाफ पाएन ।

आमा छोरा बुढेसकालमा साहारा बन्दा भनेर हुर्काउछिन्, कतै लड्छ कि भन्दै आफ्नै साथमा राख्छिन्, आफु नखाएर पनि सन्तानलाई खुवाउछिन् । जस्ले भोलि खुसी साथ राख्छ, आफ्ना अधुरा सपना पूरा गर्ला । सन्चो बिसन्चोमा रेखदेख गर्ला भन्ने आशाले आफ्ना आवश्यकतालाई बेवास्ता गरि पढाउछिन् । सानोमा घासँदाउरा मेलापात गर्दा भारी माथि छोरालाई बोकेर जान्छिन् । उकाली ओराली बनपाखामासँगै रमाउँछिन् ।

तर, जब छोरा ठूलो हुन्छ । उमेरले परिपक्क हुन्छ । तब छोराको बिहे गरेर बुहारी भित्र्याउने आमाको सपना हुन्छ । बुहारी आउँदा हाम्रो ख्याल गर्छे । हरेक काममा सहयोग गर्छे भन्दै खुसी हुन्छिन् । जब बुहारी आउँछिन् त्यो स्वर्ग जस्तो घरमा सानो कुरामा झगडा, कलहको बिउ बन्न सुरु हुन्छ । खाई नखाई हुर्काएको छोरा पनि आफ्नै श्रीमतीको कुरा सुन्छ । आमाका दुख बुझ्दैन । आमाका फाँटेका खुट्टा । हातमा परेका ठेला । लुगा च्यातिएर ठाउँठाउँमा टालो लागाएको कुनै मतलब हुँदैन । 

कस्तो छोरा, जसले आफ्नो बाबु आमालाई छाडेर हिजो एउटी केटीको कुरा सुन्छ अनी आमालाई बाबुलाई बिर्सन्छ । बिरामी हुदाँ खाना दिने मान्छे समेत हुँदैन त्यो आमाको । अनि त्यो आमाको बुढेसकालको साहरा त्यो छोरासँगै बस्ने सपना खरानी भएर उड्छ ।

अनि, आमा हिजो त्यही छोराले भात खाएन भनि रुन्थिन् । आज त्यही छोराले आमालाई भात खान नदिएर रुन्छिन्, कस्तो अनौठो बन्छ । म अनभिज्ञ छु कस्तो मन हुँदो होला त्यो छोराको । एउटी अनपढ आमाको के गल्ती थियो जोसगँ छोरा न राम्रोसँग बोल्छ न फोन गर्छ न त सन्चो बिसन्चो बारे कुनै चासो नै राख्छ । 

एउटी बैनी जो दाईसँगै खेल्छे । ठूली हुन्छे बिहे गरेर पराई घर जान्छे अनि आफ्नो माइती भन्दै माया गर्छे तर जब भाउजु आउँछिन् । त्यसपछि आमाले पाएको दुख सहन नसकेर रुन्छिन् । सानो छदा दाईले कति माया गर्थे आमालाई, कति राम्रा सपना देखाउँथे । आज दाई पराई भएको देखेर रुन्छिन् बहिनी । त्यै बहिनी आफ्नो घरमा सासुसँगको व्यवहार फेरि उस्तै हुन्छ । उ आफ्नो आमाकोमात्रै पीर बुझ्छे । सासुको पीर बुझ्न सक्दिन् ।  

आफ्नो आमालाई खुसी साथ राखोस् । भाउजुले पनि ख्याल गरोस् भन्ने चाहानेले सधै आफ्नो सासुलाई पनि आफ्नै आमा जस्तै प्रेम गर्न सिके यो संसार कति सुन्दर हुने थियो । त्यस्तो पायो भने ती आमा कति भाग्यमानी ठान्लिन् आफुलाई । 
तर, पनि आमा कहिल्यै सन्तानको कुभलो सोच्दिनन् । लाग्छ, दुनियाँमा आमाको मायामात्रै निस्वार्थ छ । अरुको माया त पानीको फोका जस्तै त हो ।
 

- धनगढी ११ कैलाली 


#आमा

प्रतिकृया दिनुहोस