२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, बैठकमा नेपाल समूह नजाने

- विशेष खबर सोमबार ०४, साउन २०७८ ०९:५७

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै, बैठकमा नेपाल समूह नजाने
फाइल तस्बिर ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आइतबारमात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ। ‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि हामी जाँदैनौं,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने।

 


#एमाले #माधवकुमार नेपाल

प्रतिकृया दिनुहोस