२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे सदस्यमा नियुक्त

- विशेष खबर आइतबार ०३, साउन २०७८ ०५:४०

अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे सदस्यमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुरका अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

सभापति देउवाले कांग्रेसको विधानको धारा २५(९) बमोजिम उनलाई नियुक्त गरेका हुन् । कांग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो ।


#नेपाली काँँग्रेस

प्रतिकृया दिनुहोस