२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

एमाले संसदीय दलको बैठक सुरु, नेपालपक्षका सासंद् अनुपस्थित

- विशेष खबर शुक्रबार ०१, साउन २०७८ ०४:०२

एमाले संसदीय दलको बैठक सुरु, नेपालपक्षका सासंद् अनुपस्थित
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बानेश्व स्थित संसद्‌ भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षका सांसदहरु उपस्थित छैनन् । नेपाल पक्षका नेताहरुले संसदीय दल र स्थायी कमिटी बैठक स्थगित गरेर अनौपचारिक छलफल अगाडि बढाउन आग्रह गरेका थिए ।

दलको बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । तुलसीलाल स्मृति भवन च्यासल (बैठक स्थल) पुगेर नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक स्थगित गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

तर, ओलीले उनीहरुको आग्रहलाई बैवास्ता गर्दै स्थायी कमिटी बैठकबाट महत्वपूर्ण निर्णय गराएका छन् ।

बैठकले एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको छ । साथै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । 


#नेकपा एमाले #संसदीय दल

प्रतिकृया दिनुहोस