२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

टोकियो ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाउने, गौरिका सिंहले नेपालको झण्डा बोक्ने

- विशेष खबर मङ्गलबार २९, असार २०७८ ०८:४६

टोकियो ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाउने, गौरिका सिंहले नेपालको झण्डा बोक्ने

काठमाडौं । पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।

अब फेरि टोकियोमै अर्को संस्करणको ओलम्पिक हुँदैछ । यसपल्टको टोकियो ओलम्पिक नेपाल सहभागी १४ औं संस्करण हुनेछ ।

सहभागी हुने खेलाडीमा पौडीकी गौरिका र एलेक्जान्डर ग्याडिगाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट तथा एथलेटिकसका सरस्वती चौधरी रहेका छन् । गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्ने छन् । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सोनियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतीले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।

 


#टोकियो ओलम्पिक

प्रतिकृया दिनुहोस