२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

कांग्रेसबाट दुई मन्त्रीले शपथ लिने, माओवादी केन्द्रले शर्मा र भुसाललाई पठायाे

- विशेष खबर मङ्गलबार २९, असार २०७८ ०६:०५

कांग्रेसबाट दुई मन्त्रीले शपथ लिने, माओवादी केन्द्रले शर्मा र भुसाललाई पठायाे

काठमाडौं । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन जनाले शपथ लिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्रीमा नियुक्ति गरेसँगै तीन जनाले शपथ लिने भएका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।

प्रधानमन्त्रीसहित मन्त्रीहरु अहिले साँझ ६ बजे शपथ कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 


#प्रधानमन्त्री #शेरबहादुर देउवा

प्रतिकृया दिनुहोस