२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीकाे तयारी

- विशेष खबर मङ्गलबार २९, असार २०७८ १०:५६

देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीकाे तयारी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन।


#केपी शर्मा ओली

प्रतिकृया दिनुहोस