२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

विपक्षी गठबन्धनको बैठक सकियाे , देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय

- विशेष खबर सोमबार २८, असार २०७८ ०७:१७

विपक्षी गठबन्धनको बैठक सकियाे , देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय

काठमाडौं । कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ। गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए। 

‘सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि  खाँणले भने,  ‘भोलि बिहान फेरि शीर्ष नेता बैठक बस्नेछ।’ यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन्।

यस्तै बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।


#विपक्षी गठबन्धन

प्रतिकृया दिनुहोस