२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

विपक्षी गठबन्धनको बैठक बस्दै

- विशेष खबर सोमबार २८, असार २०७८ ०३:२७

विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको हो ।

कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बस्‍न लागेको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाले ५ बजे गठबन्धनको बैठक बस्न लागेको जानकारी दिए । '५ बजे पूर्वप्रधानमन्त्री तथा गठबन्धनका नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ,' उनले भने ।


#विपक्षी गठबन्धन

प्रतिकृया दिनुहोस