२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

माओवादी केन्द्र अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा

- विशेष खबर बुधबार २३, असार २०७८ ०३:०६

माओवादी केन्द्र अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अवैधानिक भएको भन्दै एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । माओवादी केन्द्र आयोगमा दर्ता नभएको र त्यसले गरेका कारबाही वैधानिक नहुने भन्दै पूर्वमाओवादी नेताहरु बुधबार उजुरी दिन अयोग पुगेका हुन् ।

लीलाबहादुर थापाको नेतृत्वमा दिनेश पन्थी, गिरिधारिलाल न्यौपानेलगायत उजुरी लिएर निर्वाचन आयोग पुगेका हुन् ।

‘दर्ता भएको माओवादी केन्द्र हो भने निर्वाचन आयोगमा पाँच वर्ष नाघिसक्यो । त्यसको महाधिवेशन भएको छैन । त्यसकारण दर्ता नभएको पार्टीले हामीलाई कसरी कारबाही गर्छ ? त्यो वैध हुन्छ कि हुँदैन ?,’ पूर्वमाओवादी नेता लेखराज भट्टले भने, ‘त्यो दर्ता हो भने पनि महाधिवेशन गरेको छैन । यो दुईवटै विषयमा केन्द्रित भएर हेर्नुपर्छ भनेर हामीबीच आयोगमा उजुरी दिने सहमति भएको हो ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।

चार पूर्वमाओवादी सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो । अर्का एक नेताका अनुसार संसद् पुनःस्थापना भए उनीहरुले सांसद पदका लागि सर्वोच्च अदालतमा पनि रिट दायर गर्ने तयारी छ ।


#नेकपा (माओवादी केन्द्र) #पूर्वमाओवादी #निर्वाचन आयोग

प्रतिकृया दिनुहोस