२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

स्पेनलाई टाइब्रेकरमा ४-२ ले हराउँदै इटाली युरो २०२० को फाइनलमा

एजेन्सी बुधबार २३, असार २०७८ ०७:५५

स्पेनलाई टाइब्रेकरमा ४-२ ले हराउँदै इटाली युरो २०२० को फाइनलमा
तस्बिर : रोयटर्स

लन्डन । इटालीले स्पेनलाई टाइब्रेकरमा ४-२ ले हराउँदै मंगलबार युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए ।

अब आइतबार वेम्बलीमै हुने उपाधिको भिडन्तमा इटालीले इंग्ल्यान्ड अथवा डेनमार्कको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुँदैछ । पछिल्ला ३३ खेलमा अपराजित इटालीले फेडरिको चिसाको गोलले ६० औं मिनेटमा अग्रता लिएको थियो ।

खेल सकिन १० मिनेट अगाडि सब्स्टिच्युटका रुपमा आएका मोराटाले बराबरी गोल गरे । ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

युभेन्ट्सका फरवार्ड मोराटा पेनाल्टीमा चुकेपछि स्पेन ठूला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पहिलो पल्ट पराजित भयो । 


#युरोकप #फुटवल #फाइनल

प्रतिकृया दिनुहोस