२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कुशल र ज्ञानेन्द्रको बरियतामा सुधार

- रासस बुधबार १६, असार २०७८ ०८:१०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । 

आइसिसीले जारी गरेको बरियतामा नेपालबाट  भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन् ।

पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहेका छन् । यस्तै लामिछाने ७६औँ स्थानमा छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।


प्रतिकृया दिनुहोस