२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

रोनाल्डो भन्दा मेसी राम्राे : डेभिड बेकह्याम

सोमबार ०८, बैशाख २०७७ ११:५०

रोनाल्डो भन्दा मेसी राम्राे : डेभिड बेकह्याम

लन्डन(एजेन्सी) । लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोमध्ये कुन फुटबल खेलाडी राम्रो भन्‍ने बहसमा इग्ल्यान्डका पूर्व खेलाडी डेभिड बेकह्याम पनि सामेल भएका छन् । 'द टाइम्स'लाई दिएको अन्तर्वातामा इन्टर मायामी क्लबका मालिक बेकह्यामले भनेका छन्, 'बार्सिलोनाका मेसी विश्व फुटबलकै सबैभन्दा महान र उत्कृष्ट खेलाडी हुन् ।'

म्यानचेस्टर युनाइेटड लेजेन्डसमेत रहेका बेक्हयामले दुवै खेलाडी आधुनिक फुटबलका बाँकी खेलाडीमध्ये स्तरीयताको आधारमा धेरै अगाडि रहेको बताउँदै त्यसमा पनि मेसी नै उत्कृष्ट रहेको मानेका छन्। पेरिस सेन्ट जर्मेनमा छँदा बेकह्यामले बार्सिलोनासँगको खेलमा मेसीविरुद्ध खेल्ने अवसर पाएका थिए।

मेसीले ६ र रोनाल्डोले ५ पल्ट बेलन डे’अर उपाधि जितेका छन्। बेकह्यामको के पनि विश्वास छ भने अबको दुई वर्षमा उनको अमेरिकी मेजर सकर लिग क्लब मायामीले मेसीलाई अनुबन्ध गर्न सक्नेछ। उनले भनेका छन्, ‘मेसी जत्तिको खेलाडी कोही छैन र हुने पनि छैन।’


#फुटबल

प्रतिकृया दिनुहोस