२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

बुधबार २६, जेठ २०७८ ०४:३२

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश, असार ९ देखि नियमित सुनुवाइ

काठमाडाैं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार सो आदेश जारी गरेको हो ।

इजलासले उक्त विवादमा आगामी  असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय  शम्भु थापा र महादेव यादवले बहस गरेका थिए। आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।


प्रतिकृया दिनुहोस