२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

सरकार बनाउन तीन दिनको समय

मङ्गलबार २८, बैशाख २०७८ ०८:५५

सरकार बनाउन तीन दिनको समय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएलगत्तै गठबन्धन सरकार निर्माणको प्रक्रिया अघि बढेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझबाट लागू हुने गरी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकार निर्माणका लागि राजनीतिक दललाई बिहीबार साँझ ९ बजेसम्म दाबी पेस गर्न समयसीमा तोकेकी छन् ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेमा संविधानको धारा ७६ (३) अनुसार कामचलाउ प्रधानमन्त्री ओली नै पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको प्रयास गरेका छन् तर बहुमत संख्या प्रस्ट नहुँदा वैकल्पिक सरकार बन्ने सुनिश्चितता भने देखिएको छैन ।

ओली पदमुक्त भएलगत्तै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकारका लागि संयुक्त प्रयास अघि बढाएका छन् ।

ओलीले विश्वासको मत गुमाउनासाथ देउवा, दाहाल र यादवले संयुक्त विज्ञप्तिमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार निर्माणका लागि संविधानको धारा ७६ (२) को प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए ।

राष्ट्रपतिले गठबन्धन सरकार निर्माणका लागि मौका दिएपछि विपक्षीलाई आफ्नो पक्षमा बहुमत जुटाउने चुनौती बढेको छ ।

कांग्रेस सभापति देउवाले मंगलबार आफ्नो निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक राखेका छन् । देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपाको ठाकुर पक्ष वा एमालेकै खनाल–नेपाल पक्षको भर पर्नुपर्ने भएको छ ।

 


प्रतिकृया दिनुहोस