२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

त्रिकोणात्मक ट्वान्टी-२० सिरिजकाे उपाधि नेपाललाई

- विशेष खबर शनिबार ११, बैशाख २०७८ ०४:४२

त्रिकोणात्मक ट्वान्टी-२० सिरिजकाे उपाधि नेपाललाई

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय श‌ृंखलाको उपाधि नेपालले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै नेपालले उपाधि उचालेको हो ।

नेपालले निर्धारित २० ओभरमा दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो । 

यसअघि नेपालका लागि कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई २३९ रनको  बिसाल लक्ष्य दिएको थियाे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे ।

कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके ।

कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले  २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले २-२ विकेट लिए। अभिनास बोहराले १ विकेट हात पारे। 

 


#क्रिकेट #नेपाल

प्रतिकृया दिनुहोस