२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

एमालेद्वारा नयाँ स्थायी कमिटी गठन, खनाल-नेपाल पक्षका नेता परेनन्

- विशेष खबर शुक्रबार १०, बैशाख २०७८ ०२:४४

एमालेद्वारा नयाँ स्थायी कमिटी गठन, खनाल-नेपाल पक्षका नेता परेनन्
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।


#नेकपा एमाले #स्थायी कमिटी

प्रतिकृया दिनुहोस