२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

मलेसियामाथि नेपालकाे सानदार जित, कमल ऐरीले लिए डेब्यु खेलमै ३ विकेट

- विशेष खबर बिहिबार ०९, बैशाख २०७८ ०४:५७

मलेसियामाथि नेपालकाे सानदार जित, कमल ऐरीले लिए डेब्यु खेलमै ३ विकेट
फाइल तस्बिर ।

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया ५ बल अगाडि नै अलआउट हुँदै १४८ रनमा समेटियो।

मलेसियाका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान अहमद फैजले ३१ रन बनाउँदा फित्री साम १४ र विकेट विपर विरेनदीप सिंहले १३ रन जोडे। बाँकी खेलाडीले खासै रन बनाउन सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।  २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए ।

उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।

नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान ३ विकेट लिए ।  यस्तै सुशन भारीले १ विकेट हात पारे।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।


#नेपाल #क्रकेट

प्रतिकृया दिनुहोस