२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

प्रधानमन्त्री ओली र नेता नेपालबीचको वार्ता सकियो

- विशेष खबर बुधबार ०८, बैशाख २०७८ ०८:०३

प्रधानमन्त्री ओली र नेता नेपालबीचको वार्ता सकियो

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

ओली र नेपालबीच बुधबार साँझ भेट भएको हो । नेता नेपालनिकट स्रोतका अनुसार सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि दुई नेताबीच आकस्मिक भेटवार्ता तय भएको हो ।

दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । काठमाडौं नक्सालको होटल मेरियटमा ओली र नेपालबीच छलफल भएको हो ।


#केपी शर्मा ओली #माधवकुमार नेपाल #भेटवार्ता

प्रतिकृया दिनुहोस