२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्ससंग ३ विकेटले नेपाल पराजित

- विशेष खबर मङ्गलबार ०७, बैशाख २०७८ ०४:५५

त्रिकोणात्मक सिरिज :  नेदरल्यान्ड्ससंग ३ विकेटले नेपाल पराजित

काठमाडाैं ।  त्रिकोणात्मक सिरिज अन्तर्गत मंगलबार नेदरल्याण्ड्ससंग भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

त्रिवी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले ३ विकेटले पराजित गरेकाे हो।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो।


#त्रिकोणात्मक सिरिज #क्रिकेट

प्रतिकृया दिनुहोस