२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

आईपीएल : राजस्थानलाई ४५ रनले पराजित गर्दै चेन्नाइ दोस्रो स्थानमा

- विशेष खबर मङ्गलबार ०७, बैशाख २०७८ ०८:०९

आईपीएल : राजस्थानलाई ४५ रनले पराजित गर्दै चेन्नाइ दोस्रो स्थानमा

काठमाडौं । राजस्थान रोएल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित भएको चेन्नाइले त्यसपछि पञ्जाव किंग्सलाई पराजित गरेको थियो ।

मुम्बइस्थित वाङखडे स्टेडियममा चेन्नाइले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनाए ।

यस्तै जयदेव उनादकडले २४ र राहुल टेवाटियाले २० रन बनाए । चेन्नाइका मोइन अलीले ३ विकेट लिए । यस्तै साम करन र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

चेन्नाइका लागि ओपनर फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ र मोइन अलीले २६ रन जोडे । ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८ रन बनाए ।

राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाइ अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपछि चेन्नाइले दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पारेको हो ।

राजस्थानको भने यो दोस्रो हार हो । ३ खेलमा २ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ ।


#आईपीएल #क्रिकेट

प्रतिकृया दिनुहोस