२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

कुशलकाे अर्घसतकमा नेपालकाे सानदार जित, मलेसिया ९ विकेटले पराजित

- विशेष खबर सोमबार ०६, बैशाख २०७८ ०४:०२

कुशलकाे अर्घसतकमा नेपालकाे सानदार जित, मलेसिया ९ विकेटले पराजित
तस्बिरः रासस ।

काठमाडाैं । कुशल भुर्तेल र आसिफ शेखले लगातार दोस्रो खेलमा सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धसकत पुरा गरे। भुर्तेलले ४१ बल खेल्दै ६१ रनमा अभिजित रहे। भुर्तेलले ५ छक्का र ३ चौका प्रहार गरे। 

अर्का ओपनर आसिफ शेख अर्धसतक बनाउन ८ रनले चुके। उनी १२ औं ओभरको पहिलो बलमा क्याच आउट भए। उनले २९ बल खेल्दै १ छक्का र ४ चौकाको सहयोगमा ४२ रन बनाए।

उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग १०२ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले ३ बलमा ६ रन बनाउँदै नेपाललाई सहज जित दिलाए । मलेसियाका लागि विरेन्दिप सिंहले १ विकेट लिए।

नेपालले मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । मलेसियाले दुबै खेल हारेको छ । नेदरल्यान्ड्सले २ खेलमा १ मा विजय र १ मा पराजय भोगेको छ ।


#क्रिकेट #नेपाल

प्रतिकृया दिनुहोस