२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालकाे सानदार जित

- विशेष खबर शनिबार ०४, बैशाख २०७८ ०४:२०

नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालकाे सानदार जित

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ ।

नेदरल्यान्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको हो ।

सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लू आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शून्यमा एलबीडब्लू नै आउट गरे ।

नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए ।कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहँदै २० रन बनाएपछि नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो । सन्दीप बाहेक नेपालबाट सोमपाल शाहब आलमले १,१ विकेट लिए ।

 


#नेपाल #क्रिकेट

प्रतिकृया दिनुहोस