२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

- रासस बुधबार ०१, बैशाख २०७८ ०५:२९

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।


#नेपाल क्रिकेट संघ

प्रतिकृया दिनुहोस