- विशेष खबर सोमबार ३०, चैत २०७७ ०८:०२
काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । मनिसले ४४ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ६१ रन बनाए । बेयर्स्टोले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन जोडे । अब्दुल सामदले ८ बल खेल्दै २ छक्का मद्दतमा अविजित १९ रन बनाए ।
कोलकाताका प्रसिद कृष्णाले २ विकेट लिए भने शकिब अल हशन, आन्द्रे रसेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।
त्यसअघि ओपनर नितिश रानाले ८० रन बनाएपछि कोलकताले उच्च स्कोर बनाएको थियो । नितिसले ५६ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै राहुल त्रिपाठीले २९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । विकेटकिपर दिनेश कार्तिकले ९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २२ रन जोडे ।
हैदरावादका रासिद खान र मोहम्मद नावीले २(२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र टि नटराजनले समान १ विकेट लिए ।
प्रतिकृया दिनुहोस