२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

आईपीएलमा बेङ्ग्लोरकाे विजयी सुरुआत, मुम्बई इन्डियन्स दुई विकेटले पराजित

- विशेष खबर शनिबार २८, चैत २०७७ ०७:३९

आईपीएलमा बेङ्ग्लोरकाे विजयी सुरुआत, मुम्बई इन्डियन्स दुई विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर (आरसीबी)ले विजयी सुरुआत गरेको छ ।

शुक्रबार राति चेन्नइमा भएको खेलमा मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लोर विजयी सुरुआत गरेको हो ।

टस हारेपछि सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभर खेल्दै ९ विकेट गुमाएर बेङ्लोरलाई १६० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

जितका लागि बेङ्ग्लोरका एबी डेबिलियर्सले २७ बलमा सर्वाधिक ४८ रनको योगदान गरेका थिए भने म्याक्सवेलले २८ बलमा ३९ रन बनाए ।

 


#इन्डियन प्रिमियर लिग #क्रिकेट

प्रतिकृया दिनुहोस