२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

अकि र सर्भानीलाई आईएमई जेटिआई खुला टेनिसकाे उपाधि

- विशेष खबर आइतबार २२, चैत २०७७ ०४:४०

अकि र सर्भानीलाई आईएमई जेटिआई खुला टेनिसकाे उपाधि

काठमाडौं । अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधिजितेका छन् । 

मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइजतर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमापारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए । अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन् ।

यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन् । सर्भानीले दुबै सेट ७–५ ले आफ्नो पक्षमा पार्दै उपाधि उचालेकी हुन् । 

दुबै च्याम्प्यिनले जनही २० हजार रुपैयाँहातपारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे । सोही अवसरमा विभिन्नउमेर स्पर्धाबाट च्याम्पियनभएका खेलाडीलाई मेडल र प्रमाण पत्रवितरण गरिएको थियो ।
 


#आईएमई जेटिआई

प्रतिकृया दिनुहोस