२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् डल्लु

- विशेष खबर शनिबार २१, चैत २०७७ ०५:१३

झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी पुगिन् डल्लु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् ।

उनीहरुबीच डल्लुस्थिन खनाल निवासमा भेटवार्ता भइरहेको छ । शनिबार करिब ४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले राष्ट्रपति र नेता खनालबीच करिब ४ बजेदेखि भेटवार्ता भइरहेको जानकारी दिए । 'भेट नभएको लामो समय भइसकेको थियो त्यसैले राष्ट्रपति भेट्न आउनुभएको हो । समसामयिक विषयमा छलफल भइरहेको छ,' भट्टराईले भने ।

राष्ट्रपतिले केही दिन पहिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री खनाल अनुपस्थित भएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खनाल र नेता माधवकुमार नेपाल असन्तुष्ट रहेका छन् ।


#राष्ट्रपति #विद्यादेवी भण्डारी #झलनाथ खनाल

प्रतिकृया दिनुहोस