- विशेष खबर शुक्रबार २०, चैत २०७७ ०७:११
काठमाडौं । सरकारले त्रिदेशीय कप 'थ्री नेसन्स कप' फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस