२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

के छ एमाले अध्यक्ष ओलीले जारी गरेकाे अन्तरपार्टी निर्देशनमा ? (पुर्णपाठ सहित)

- विशेष खबर मङ्गलबार १७, चैत २०७७ ०६:४५

के छ एमाले अध्यक्ष ओलीले जारी गरेकाे अन्तरपार्टी निर्देशनमा ? (पुर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

पार्टीमा गुटगत मान्यता नदिने र पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने भन्दै ओलीले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले नेता, कार्यकर्तालाई संगठन विस्तारमा केन्द्रित हुन आग्रह गर्दै संघीय संसद् लगायत प्रदेशसभासहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।

पार्टी निर्माण, विस्तार र सुदृ९ढीकरणका सम्बन्धमा बैठकले गरेका निर्णय हरुलाई एक रुपताका साथ आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिमा निर्देशन जारी गरिएको अध्यक्ष ओलीले प्रस्ट्याएका छन् ।

उनले निर्देशनमा पछिल्ला राजनीतिक घटनाक्रम, अदालतका फैसलाहरु, बाधा-अड्काउ फुकाउ, पार्टी महाधिवेशन, पार्टी संगठनहरुमा जिम्मेवारी हेरफेर, मनोनयन, संसदीय दलको विधान अनुमोदनलगायत विषय समेटिएका छन् ।

अन्तरपार्टी निर्देशनकाे पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्


#केपी शर्मा ओली #अन्तरपार्टी निर्देशन

प्रतिकृया दिनुहोस