२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू

- विशेष खबर मङ्गलबार १७, चैत २०७७ ०६:२९

तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधनगर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलतामिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलाडीहरूको उपस्थिती रहेको थियो । 

चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा यू१८, यू१६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिएका छन् । 

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूचीपनिजागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगतचार वर्षदेखि गर्दै आइरहेको छ । 

गतवर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजनागर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भनेप्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ ।
 


#आइएमई ग्रुप #टेनिस

प्रतिकृया दिनुहोस